जेठ ७, काठमाडौ –
बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गुल्मीका कोरोना संक्रमितको उपचारको क्रममा एकजनाको मृत्यु भएको छ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोदहका ४१ बर्षिय पुरुषको बुटबलको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ। अस्पतालले भने आधिकारिक पुष्टि गर्न बाँकी रहेको छ।
त्यस्तै भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।