जेठ ७, उर्लाबारी –
नेपाल कम्युनिस्ट पार्टी उर्लाबारी नगरपालिकाका इन्चार्ज मान बहादुर श्रेष्ठको सहयोगमा विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई अनेरास्ववियू मदन भण्डारी स्मृति प्रतिष्ठानले श्रेष्ठको सहयोगमा खाद्यान्न सहयोग गरेको हो ।
लकडाउनका कारण नजिकै घर भएका विद्यार्थीहरु घर गए पनि सुदुरपश्चिका विद्यार्थीहरु घर जान र घरबाट खर्च पठाउने माध्यममा समेत समस्या भएपछि अनेरास्ववियूको पहलमा विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण गरेको अनेरास्ववियू मदन भण्डारी कलेजका संयोजक अनुप खड्काले बताए । अनेरास्ववियू केन्द्रिय कमिटि सदस्य अनिल कार्कीले नेकपा उर्लाबारी नगर इन्चार्ज मान बहादुर श्रेष्ठसँग समन्वय गरेपछि विद्यार्थीका लागि खाद्यान्न सहयोग गरिएको उनले बताए । उनका अनुसार मदन भण्डारी प्रतिष्ठानमा अध्ययनरत २२ जना विद्यार्थीलाई दाल, चामल, नुन र तेल राहत स्वरुप वितरण गरिएको बताए ।
अनेरास्ववियू उर्लाबारी बहुमुखी क्याम्पसका नेता नगेन्द्र घिमिरे, अनेरास्ववियू मदन भण्डारी स्मृति प्रतिष्ठानका नेताहरु जिसन कंडेल, निकेश पौडेल,अस्मित थापा मगर,अनिश भट्टराई , अयोग लिम्बू लागायतको व्यवस्थापनमा मंगलबार खाद्य सामाग्री वितरण गरिएको थियो ।