जेठ ७ –
भारतीय मिडियाका कारण बुधबार सामाजिक सञ्जालको माहोल एकाएक तातेको छ । नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया एबिपि न्युजले “खाते इन्डियाकी हे और बोलती चाइनाके लिये” भनेर आरोप लगाएपछि नेपालीहरु उक्त मिडियाप्रती खनिएका हुन् ।
अहिले सामाजिक सञ्जाल ट्विटरमा एबिपी न्युजलाई रिपोर्ट गर्ने अभियान नै चलेको छ । अभियानका क्रममा नेपालीहरुले ह्याजट्याक प्रयोग गर्दै ‘नो मोर एबिपी न्युज’ , ‘ब्याक अफ इन्डियन मिडिया’ , ‘ब्याक अफ इन्डिया’ ‘आईएम विथ मनिषा कोइराला’, ‘शट डाउन फेक इन्डियन मिडिया’ जस्ता ट्विट गरिरहेका छन् । नेपालले बुधबार अतिक्रम नेपाली भुमी लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गरेपनी भारतीय मिडियाले आफ्नो भुमी भएको दावी गरिरहेका छन्। त्यसकै बिरोधमा नेपालीहरुले सामाजिक सञ्जाल मार्फत भारतीय मिडिया बहिस्कार अभियान चलाएका छन् । बुधवार साझ ५ बजेबाट सुरु गरिएको अभियान अहिले व्यापक रुपमा चलिरहेको छ ।
नेपाल आजसम्म कसैको गुलाम बनेको छैन र बन्नेपनी छैन भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अराजकता फैलाउने भारतीय मिडिया बिरुद्ध शसक्त रुपमा प्रस्तुत भइरहेका छन् ।
परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’
मनिषाले लेखेको टुइट यस्तो छ
लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका छन् । उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् ।