जेठ ८, काठमाडौ –
नेपालमा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज संक्रमित हुनेमा कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
मन्त्रालय अनुसार नेपालका ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । त्यस्तै कोरोनाको संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।