जेठ ९, काठमाडौ –
विभिन्न महत्वपूर्ण एजेण्डाहरुमा छलफल गर्न आज (शुक्रबार) मन्त्रिपरिषदको वैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या र भारतलगायतका विभिन्न देशबाट फर्किएकाहरुको परक्षिण, व्यवस्थापनलगायतका विषयमा छलफल हुने बताईएको छ ।
त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने सम्भावना छ । पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमित बिरामीहरु फेला परेका छन् । जसका कारण राजधानीमा समेत जोखिम बढिरहेको छ ।