जेठ ११ –
कोरोना भाइरसलाई हालसम्म २२ लाख ४७ हजार भन्दा धेरैले जितेका छन् । विश्वभर कोरोना भाइरसबाट संक्रमित भएका ५४ लाख ५ हजार ९६ मध्ये आइतवार १० बजेसम्म २२ लाख ४७ हजार ३४५ जनाले कोरोना जितेका हुन् । उनिहरु सबै उपचारपछि निको भएर घर फर्किएका छन् ।
यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४३ हजार ९८३ पुगेको छ । ५३ हजार ५६० जना गम्भीर अवस्थाका संक्रमित छन् ।
Facebook Comments