जेठ १३ –
नेपालमा कारोना भाइरस संक्रमितको संख्या ६८२ पुगेको छ । सोमबार एकैदिन ७९ जना नयाँ संक्रमित थपिएपछि यो संख्या पुगेको हो ।
अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ । सोमबार मात्र एक जना थपिएका छन् । हालसम्म ११२ जना निको भएका छन् । सोमबार २५ जना डिस्चार्ज भएका थिए ।
अहिलेसम्म ४३ जिल्लामा संक्रमित देखिएको छ । सबैभन्दा बढी बाँकेमा १४६ जना संक्रमित भएका छन् । त्यस्तै कपिलवस्तुमा ८३ जना संक्रमित भएका छन् । पर्सामा ९५ तथा रौतहटमा ४७ जना संक्रमित छन् । रुपन्देहीमा ४२ पुगेका छन् । झापामा ३५ पुगेका छन् ।