जेठ १४ –
सबैभन्दा पहिले नेपालीको भू-भाग, सिमाना र नेपालको राजनीतिक इतिहासको समिक्षा गर्न जरुरी छ। एकीकृत नेपालको निर्माण हुनुभन्दा अगाडि विभिन्न जातिले राज्य गरेको पाईन्छ । गोपाल वंशी , महिषपाल वंशी, लिच्छवि किराँत मल्ल राजाहरुले राज्य गर्दै आएको हामि इतिहास पढेर जान्न सकिन्छ ।यी सबै राजाहरुले विभिन्न समस्या र उतारचढावहरु झेल्दै नेपाल राज्य निर्माण भएको पाईन्छ । इतिहासमा यी राज्यहरू कहिले एकीकृत हुन्थे भने कुनै समय ५०, ५५ वटा राज्यमा विभाजित भएको पनिहामिले सुन्दै आएका हौँ। त्यसपछि नेपाल राज्यको सुगौली सन्धि (१८१५-१६) टुङ्गो लागेपछि नै नेपाल राज्यको निर्माण भयो।
नेपाल राज्यको तीन तिर भारतले घेरिएको र उत्तरी भाग चीनको सिमानाले घेरिएको सानो मुलुक नेपालको रुपमा विश्वमाझ परिचीत छ। यो देश कसैको उपनिवेश भएन र कहिल्यै स्वतन्त्रता दिवस मनाउनु परेन् । नेपालमा विभिन्न चरणमा विभिन्न आन्दोलन र संघर्षहरु भए । कहिले एकीकृत नेपाल निर्माणको निम्ति संर्घष चल्यो त कहिले लोकतान्त्रिक आन्दोलनको चरणमा संर्घष र आन्दोलन हुँदै गए भने कहिले निरंकुश एकतन्त्रीय राणा शासन विरुद्धको आन्दोलन भए।
लोकतान्त्रिक आन्दोलनको सुरुवात भए लगत्तै २००३, २००६ पार्टीहरु निर्माण हुँदै आन्दोलन गर्दै जाँदा हाम्रा देशका पार्टीको आ-आफ्नै स्वार्थले गर्दा कहिले दक्षिण तिर लम्पसार ,कहिले उत्तर तिर लम्पसारका कारण आज हाम्रो सिमाना अतिक्रमण हुँदै गएको भन्दा फरक पर्दैन्। कुनैपनि राजनैतिक पार्टी राष्ट्रको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थको लागि तल्लीन हुनाले गर्दा आज हामी आफ्नै भुमी फिर्ता ल्याउन संघर्ष गरिरहेका छौँ। सिमा रक्षा गर्न राज्यले ध्यान नदिएको कारण २०७७ साल सम्म आइपुग्दा भारतले नेपालको सन्धि सम्झौता भन्दा बाहेक ठुलो भू-भाग मिचेर नेपालको सार्वभौमसत्ता माथि आच आउने खालको काम गर्दै आएको प्रष्ट छ । सिमा अतिक्रम हालको सरकारको पालामा मात्रै भएको होइन, वर्षौं अघिदेखि अतिक्रमण हुँदै आएको हो ।
अतिक्रमित भुमी फिर्ता ल्याउने कुरा कुनै व्यक्ति वा पार्टीको मात्र नभएर यो नेपालीहरुले साझा सवाल हो। सम्पुर्ण राजनीतिक दलहरु मिलेर राष्ट्रिय सहमतिको आधार बनाएर सरकारले वार्ताको वातावरण बनाउनु पर्छ। वार्तामा बस्नुभन्दा अगाडि सबै प्रमाणको खोजी गरी राजनैतिक दल, सिमाविज्ञ र सरकार छलफल गरी ठोस निष्कर्ष निकालेर भारतसँग वार्ता गरी सिमा विवादको हल गरिनुपर्छ ।
अब यतिले मात्र हुँदैन। हाम्रा दक्षिणपट्टीको सिमाना सुरक्षाको निम्ति सेना परिचालन गर्नु आवस्यक छ ।नेपालका राजनीतिक दलहरुले अब सबै निजि स्वार्थहरु त्यागेर राष्ट्रिय हितलाई ध्यानमा राखेर राजनीति गर्नुपर्छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा , महाकाली जेजति सन्धि सम्झौता भए यी सबै नेपालमा राजा, दल, राणा आदि सबैका स्वार्थका कारण भएको घटनाहरु हुन् । यहाँ सत्ता पक्षले प्रतिपक्षी दललाई र प्रतिपक्षी दलहरुले सत्ता पक्षलाई आरोप प्रत्यारोप्न गरेर उम्कने कसैको ठाउँ छैन । पंन्चेहरुले पनि हामी राष्ट्रवादी हौं भन्ने भनाइ पत्याउने कुरा आउदैन । यहाँ को राष्ट्रवादी , को राष्ट्रघाती भन्ने कुराको कुनै अर्थ राख्दैन, सबै नेपाली जनताले बुझेका छन् । त्यसकारण यो राष्ट्रघाती , राष्ट्रियवादी भन्ने पार्टी , दल वा संस्था जिम्मेवारी बन्नु पर्दछ। मेरो व्यक्तिगत सुझाव के हो भने सबै यूवा विद्यार्थी जुनसुकै विचार आस्थाको भएपनी राष्ट्रियता र स्वाधिनताको लागी आफ्ना स्वार्थ त्यागेर अगाडी बढ्न आवस्यक छ। साथै तार्किक क्षमताको पर्दशन गर्न पनि सुझाव दिन चाहान्छु ।
( लेखक नेकपा प्रदेश १ सदस्य नरेन्द्र बस्नेत हुन्। )