जेठ १४, झापा –
झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ। बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र बाह्रदशीका व्यक्ति भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।
प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् । अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् । संक्रमितहरुको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखेर हेरचार गर्ने गरिएको छ । त्यहाँ राखिएकामध्ये २८ जना डिस्चार्ज गरिएका छन् ।