• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा

by पहिलो नेपाल
१५ जेष्ठ २०७७, बिहीबार ०७:१९
आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा
  • 84
    Shares

जेठ १५ –
विश्वव्यापी कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको विषम परिस्थितिमा अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

चालू वर्षको खर्च र आगामी वर्ष उपलब्ध हुन सक्ने स्रोतले १३ खर्बसम्मको बजेट धान्न सक्ने देखिन्छ । तर, राजनीतिक कारणले बजेट त्योभन्दा पनि ठूलो हुने सम्भावना छ ।

चालू आर्थिक वर्षमा ११ खर्बभन्दा कम नै बजेट खर्च हुने देखिएकाले १८ देखि २० प्रतिशत वृद्धि गरी १३ खर्बको बजेट ल्याउनु उचित हुने अर्थ्विद्हरूको भनाइ छ । यस वर्ष १३ जेठसम्म सरकारको बजेट ८ खर्ब मात्रै खर्च भएको छ । यसअनुसार सरकारले पछिल्ला दिनमा प्रतिदिन २ अर्ब ५३ करोड बजेट खर्च गरेको छ ।

कोरोनाका कारण लकडाउनको अवधि ११ चैतदेखि एक खर्ब ९० अर्ब बजेट खर्च भएको छ, जुन प्रतिदिन दुई अर्ब ६० करोड हो ।

आर्थिक वर्षको बाँकी ५० दिनमा यही अनुपातमा बजेट खर्च भएमा थप एक खर्ब ३० अर्ब खर्च भई कुल बजेट खर्च ९ खर्ब ३० अर्ब पुग्नेछ । तर, नेपालमा आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा खर्च हुने विगतको प्रवृत्तिका आधारमा त्यसको दोब्बर खर्च भयो भने पनि दुई खर्ब ६० अर्ब थप खर्च हुनेछ र कुल बजेट खर्च १० खर्ब ६० अर्ब पुग्नेछ ।

हाल चालू रहेको लकडाउन थप लम्बिन सक्ने तथा सरकारले २० चैतपछि नयाँ दायित्व सिर्जना हुने कुनै काम नगर्ने निर्णय गरेका कारण पनि सरकारले यसभन्दा धेरै खर्च गर्न सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा बढीमा ११ खर्ब हाराहारी बजेट यो वर्ष खर्च हुने सम्भावना छ । बजेटको सामान्य सिद्धान्तअनुसार यसमा २० प्रतिशतले आगामी आवको बजेट बढाउँदा १३ देखि सवा १३ खर्बको बजेट अपेक्षित छ ।

अर्कातर्फ राजस्व पनि १३ जेठसम्म जम्मा ६ खर्ब १९ अर्ब मात्रै उठेको छ । लकडाउनका कारण आर्थिक गतिविधि अधिकांश बन्द भएका कारण सरकारी राजस्वमा ठूलो धक्का लागेको छ । सरकारले चैत मसान्तमा तिर्नुपर्ने राजस्व तिर्ने म्याद पनि असार मसान्तमा सारिदिएकाले पनि यस अवधिमा राजस्व केही कम छ । तर, सरकारले लक्ष्य लिएअनुरूप सामान्य अवस्थामा पनि राजस्व उठेको थिएन ।

फागुन मसान्तसम्ममा राजस्वको वृद्धिदर ९ दशमलव ४ प्रतिशत मात्रै रहेको आर्थिक सर्वेक्षणले देखाइसकेको छ । यस्तो अवस्थामा चालू आवमा ९ खर्ब राजस्व उठ्ने सम्भावना छ । आगामी आर्थिक वर्ष पनि आर्थिक गतिविधि तीव्र नहुने सम्भावना रहेकाले राजस्व धेरै बढ्ने सम्भावना छैन । नयाँ पत्रिका दैनिकबाट

Facebook Comments

  • 84
    Shares

Related Posts

सन्दीपले हालसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट कति कमाए ?

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९

आर्थिक बृद्धिदर ६.३ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपन

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९

महरा काण्डले चर्चा पाएको हिमालयन रिजर्भ , रित्तियो देशभरको डिलर

मन्त्री पण्डितले दिए आदर्श बालिकालाई ४० लाख, भवनको शिलान्यास

मंसिरमध्यसम्म रेल चल्छ

टेलिकमको फोरजी सेवा दशैँभित्रै

कर्मचारीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विषेश अफर

पर्यटनमन्त्री भट्टराईलाई पहिलो सफलता: वायुसेवा निगमले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

अदुवाको मुल्य अहिलेसम्मकै उच्च

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

१५ जेष्ठ २०७७, बिहीबार ०७:१९
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.