• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियूले वितरण गर्यो मदन भण्डारी प्रतिष्ठानका विद्यार्थीलाई खाद्यान्न

by पहिलो नेपाल
१५ जेष्ठ २०७७, बिहीबार १९:५०
अनेरास्ववियूले वितरण गर्यो मदन भण्डारी प्रतिष्ठानका विद्यार्थीलाई खाद्यान्न

जेठ १५, उर्लाबारी –
अनेरास्ववियूले मदन भण्डारी स्मृति प्रतिष्ठानका विद्यार्थीलाई खाद्य सामाग्री सहयोग गरेको छ । अनेरास्ववियूले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई खाद्य सामाग्री सहयोग गरेको हो ।

अनेरास्ववियू मदन भण्डारी स्मृति प्रतिष्ठानको समन्वयमा बिहिवार खाद्य सामाग्री हस्तान्तरण गरिएको हो। खाद्य सामाग्री अनेरास्ववियूका केन्द्रिय नेता ओसिम आलम र फ्रान्स आर्मीमा कार्यरत संजय खड्का तथा दक्षिण कोरियामा कार्यरत दिपेन्द्र खड्काले सहयोग गरेको अनेरास्ववियू मदम भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष अनुप खड्काले जानकारी दिए । खाद्य सामाग्री अनेरास्ववियू केन्द्रिय सदस्य अनिल कार्कीको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको थियो । २२ जना विद्यार्थीहरुका लागि प्रत्येककलाई एक बोरा चामल, नुन, तेल, टमाटर , तरकारी हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा सुकुना क्याम्पसका स्ववियु उपसभापति मिलन घिमिरे पनि उपस्थित थिए।

विराटनगरमा कोठाभाडामा बस्दै आएका विद्यार्थीहरुलाई खाद्य सामाग्री सहयोग गर्दै आएका अनेरास्ववियूका नेताहरु निर्मल भण्डारी , शिवरतन शाह, रुपेश दास, अमर मण्डल , आशिक भट्टराई र अविरल काफ्लेले विराटनगरबाट चामल, नुन , तेल , तरकारी तथा टमाटर लिएर गएका थिए । अन्य सामाग्री स्थानीय रुपमै जुटाईएको खड्काले जानकारी दिए ।

लकडाउनका कारण नजिकै घर भएका विद्यार्थीहरु घर गए पनि सुदुरपश्चिका विद्यार्थीहरु घर जान र घरबाट खर्च पठाउने माध्यममा समेत समस्या भएपछि अनेरास्ववियूको पहलमा विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण गरेको खड्काले बताए । अनेरास्ववियूले यसअघि पनि विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराएको उनले बताए । खाद्य सामाग्री वितरणको व्यवस्थापन अयुब लिम्बू, निकेश पौडेल, अनुराग भट्टराई र अनिस भट्टराईले गरेका थिए ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१५ जेष्ठ २०७७, बिहीबार १९:५०
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१५ जेष्ठ २०७७, बिहीबार १९:५०

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१५ जेष्ठ २०७७, बिहीबार १९:५०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१५ जेष्ठ २०७७, बिहीबार १९:५०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१५ जेष्ठ २०७७, बिहीबार १९:५०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१५ जेष्ठ २०७७, बिहीबार १९:५०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१५ जेष्ठ २०७७, बिहीबार १९:५०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.