जेठ १७ –
नेपालभर कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ। पछिल्लो समय सर्लाहीमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १४ सय १ पुगेको हो ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण, काठमाडौंमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु १६ देखि ४० वर्ष रहेका छन्।
संक्रमितमध्ये २ सय १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ।