• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

१६ वर्षे सामाजिक अभियन्ता कृश्चल धेरैको प्रेरणाको श्रोत बन्दै

by पहिलो नेपाल
१७ जेष्ठ २०७७, शनिबार १९:२४
१६ वर्षे सामाजिक अभियन्ता कृश्चल धेरैको प्रेरणाको श्रोत बन्दै

जेठ १७, विराटनगर –
विराटनगरमा विगत २ महिनाअघि देखि युवाहरुको समूहले सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउँदै आएको छ। त्यही समुहमा एकजना १६ वर्षे ठिटो पनि रातदिन लागिरहेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी कृश्चल आलेमगर विगत २ महिनाअगाडी बाट सडक पेटिमा बस्नेहरुलाई खाना खुवाउन दिनरात खटिरहेका छन् । बुवा जीवन आलेमगर र आमा देबि आलेमगरको कोखबाट २०६० साल भदौ १६ गते जन्मिएका कृश्चल आलेमगर बिकेभिएममा ११ मा पढ्छन् । कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरेका कारण एकातिर उनको पढाइ ठप्प छ भने अर्कोतिर गरिब , विपन्न ,मजदुर तथा घरबारविहीनलाई दुईछाक खानकै मुस्किल छ। त्यसैलाई मध्यनजर गर्दै १६ वर्षे कृश्चल विगत २ महिनादेखि विराटनगरका सडकपेटिमा खाना बाँड्न सक्रिय छन् । अहिले उनी बिहानदेखि त्यही अभियानमा तरकारी र खाद्यान्न जुटाउने देखि खाना बनाउने काममा ब्यस्त हुन्छन् । हुनत निशुल्क खाना खुवाउने अभियानमा अरु थुप्रै छन तर कृश्चल भने धेरैका लागि उदाहरणीय बनेका छन्। दैनिक ४ सय जनालाई खाना खुवाउँदै आएको युवाहरुको समुहमा बेलुकाको खाना खुवाउने समुहको नेतृत्व ती नै १६ वर्षका आलेले गर्दै आएका छन् । पछिल्लो समय उनी बिहान पनि सकृय रुपमा लागिरहेका छन् ।

सामाजिक सेवा गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन कृश्चल आलेमगर। १६ वर्षका आलेको कुनै स्वार्थ छैन, बस उनी आफ्नो खाली समयमा समाजमा केही राम्रो काम गरौँभन्ने भावले लागिरहेका छन् । कृश्चलको उमेरका धेरैजसो युवाहरु मोबाईल गेम र सामाजिक सञ्जालमा ब्यस्त हुनेगरेका भएपनी उनी सामाजिक कार्यमा सक्रिय छन् । उनी सामाजिक कार्य गर्ने प्रेरणा युवा नेता ओसिम आलमबाट मिलेको बताउँछन् । अहिलेको विषम् परिस्थितिमा केही राम्रो काम गर्न पाउँदा खुशी लागेको उनले बताए । उनलाई सेवा के हो भन्ने प्रश्न गर्दा भन्छन्, “दुईचार जना केटाकेटी एउटा चकलेटको लागि झगडा गरिरहेका छन भने उनिहरुलाई एउटाएउटा चकलेट दिनु पनि सेवा नै हो।” अगाडि थप्छन्, ‘मेरा साथीहरु अहिले पब्जी , लुँडो र फेसबुकमा व्यस्त छन। म पनि यसरी नै समय बिताउँथे तर ओसिम आलम दाईहरु सँधै सामाजिक सेवामा लागेको देख्दा आफुलाई पनि केही गरौँ भन्ने लाग्यो, त्यत्तिकैमा यो निशुल्क खाना खुवाउने अभियानमा लागियो। दुई महिनाअघिबाट यो अभियानमा लागेकोले अहिले यसैमा रमाईलो लाग्छ।”

उनी अभियानका लागि खेतबारीमा गएर तरकारी टिप्नेदेखी लिएर खाना बनाउनेसम्म सबै गर्छन्। १६ वर्षको उमेरमै यसरी निरन्तर सामाजिक सेवामा लाग्ने कृश्चल धेरैका लागि प्रेरणाको श्रोत बनेका छ्न् । पछिल्लो समयका युवाहरु कुलतमा फस्ने देखि सामाजिक सञ्जाल र मोबाईल गेमहरुमा ब्यस्त हुनेगरेकोमा आले एक उदाहरणीय पात्र बनेका छन्। निशुल्क खाना खुवाउने अभियानका कान्छो अभियन्ता भएकोले उनलाई सबैले माया गर्छन।

नयाँ पुस्तालाई पनि समाजको व्यथा बुझाउनुपर्छ अनिमात्र उनिहरुमा सेवाभाव जाग्ने अभियानको नेतृत्व गरिरहेका युवा नेता ओसिम आलम बताउँछन्। उनले भने, “१६ वर्षको कृश्चल आले अहिले धेरैको प्रेरणाको श्रोत बनेका छन्। अहिले हामिले उसलाई सामाजिक सेवा गर्न प्रेरित गर्ने हो भोलिका दिनमा उसले यस्तै अभियानको नेतृत्व गर्न सक्षम हुन्छ। तसर्थ उसलाई हामिले सँगसँगै लिएर हिँडिरहेका छौँ।”

सामान्य मजदुरी गरेर गुजारा चलाउने गरिब, असहाय , मजदुर तथा घरबारविहीनहरुलाई लकडाउनका कारण समस्या परेपछि दुई महिनाअघि विराटनगरका युवाहरुले निशुल्क खाना खुवाउँदै आएका छन्। उनिहरुले बिहान बेलुका गरेर दैनिक ४ सय जनालाई खाना खुवाउँदै आएका छन्।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१७ जेष्ठ २०७७, शनिबार १९:२४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१७ जेष्ठ २०७७, शनिबार १९:२४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ जेष्ठ २०७७, शनिबार १९:२४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ जेष्ठ २०७७, शनिबार १९:२४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१७ जेष्ठ २०७७, शनिबार १९:२४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१७ जेष्ठ २०७७, शनिबार १९:२४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१७ जेष्ठ २०७७, शनिबार १९:२४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.