जेठ १८ , धरान –
कोरोनाको उपचारमा पोषणविदलाई समावेश गराउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय प्रविधि क्याम्पसले माग गरेको छ । पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथी जित हासिल गर्न सकिने भन्दै अनेरास्ववियूले पोषणविदलाई समावेश गर्न माग गरेको हो ।
केन्द्रिय प्रविधि क्याम्पस इकाई कमिटिले प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना उपचारमा हालसम्म औषधि खोप तयार नभएको र रोगसँग्क लड्न पौष्टिक तत्वको मुख्य भुमिका रहने बताएको छ । उच्च जोखिममा हुने भन्दै क्वारेन्टिन र आईसोलेसनका मानिसमा उचित पोषण नपुग्दा कोरोना लाग्ने खतरा झन बढेको र उपचाररत बिरामीलाई पनि रोगअनुरुपको डाइट प्लान गरेर चाडो निको पार्न सकिने हुँदा पोषणबिदलाई तत्काल परिचालन गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।
लकडाउनका कारण २५ प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि रहेको जनसंख्या साथै अन्य बर्गका गर्भवती महिला, शिशु, स्तनपान गराईरहेकी आमा, बालबालिका, किशोरीहरुमा आवश्यक पोषण पुग्न नसकेका कारण आगामी दिनमा कुपोषणको समस्या झन बिकराल बन्ने कुरा अखिलले जोड दिएको छ ।
कोरोना उपचारमा तत्काल टास्क फोर्स, कोरोना ट्रेसिङ टिम तथा उपचार गरिरहेको अस्पतालमा पोषणबिदको ब्यबस्था गर्नुपर्ने र कोरोना साम्य भएपश्चात देखिने मुल कुपोषणको चुनौती नियन्त्रणका लागी उपयुक्त निति ल्याएर भएका ब्यबस्था अबिलम्ब कार्यान्वयन गर्नुपर्ने कुरा अखिलले माग गरेको छ ।
उक्त पोषण तथा आहार बिषय नेपाल सरकारको निर्देशन तथा राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुरुप त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रिय प्रविधि क्याम्पस धरानमा २०६७/६८ देखी निरन्तर अध्यापन हुँदै आईरहेको छ ।