जेठ २१ –
भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । एकै दिन ८ हजारभन्दा धेरै संक्रमित थपिएपछि २ लाख नाघेको हो ।
भारतमा एकैदिन कोरोनाका कारण २ सय १९ जनाले ज्यान गुमाएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ७ सय ५३ पुगेको छ। जसमध्ये ३८ प्रतिशत ६० वर्षभन्दा माथिका रहेका छन्।
भारतमा पछिल्लो १५ दिनमा संक्रमितको संख्या दोब्बर भएको छ। शहरी क्षेत्रमा बढी फैलिएको संक्रमण भारतको गाउँगाउँमा विस्तार भएको छ। आन्तरिक आप्रवासी कामदार आफ्नो गाउँ फर्केसँगै भारतमा संक्रमणको विस्तार थप तीब्र गतिमा भएको हो।
अहिले भारतमा लकडाउन खुकुलो पारिएको छ ।