जेठ २१, विराटनगर –
सहनी समाजले विराटनगर वडा नम्बर ११ मा निशुल्क खाना वितरण सुरु गरेको छ । समाजले लकडाउनका कारण समस्यामा परेकाहरुलाई निशुल्क खाना खुवाउन सुरु गरेको हो ।
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गरिव, विपन्न तथा मजदुरवर्ग समस्यामा छन् । त्यसैलाई मध्यनजर गर्दै विराटनगर वडा नम्बर ११ का गरिव तथा मजदुर वर्गलाई निशुल्क रुपमा खाना खुवाउन सुरु गरिएको सहनी समाजका अध्यक्ष शिवराम सहनीले जानकारी दिए । साथै उनले बुधवार बिहान २ सय ५० जनालाई खाना खुवाईएको र यो अभियान लकडाउन अवधिभर चलाईने बताए ।
सहनी समाजले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।