• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

छोरिले पनि किरिया गर्छन भन्ने उदाहरण बनिन् थारु गायिका सुनिरा

by पहिलो नेपाल
२२ जेष्ठ २०७७, बिहीबार ११:३५
छोरिले पनि किरिया गर्छन भन्ने उदाहरण बनिन् थारु गायिका सुनिरा
  • 3.3K
    Shares

जेठ २२, विराटनगर –
छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै थारु गायिका सुनिरा बुवाको किरिया बसेकी छन् । परिवारमा कसैको निधन भए अन्तिम संस्कार गर्न छोरा नै चाहिन्छ भन्ने मान्यतालाई तोड्दै उनले बुवाको क्रियाकर्म गरेकी छन् ।

६५ वर्षको उमेरमा बुवा केशरलाल चौधरीको मृत्यु भएपछि मोरङ स्थित बुढिगंगा गाउँपालिका–५ पोठियाकि थारु गायिका समेत रहेकी सुनिरा चौधरी किरियामा बसेकी हुन् । सुनिराको एकजना दाजु पनि छन तर दाजुले अंशबन्डा लिएर छुट्टिएपछि परिवारलाई वास्ता गर्दैनन् । दाजु बुवाका काजकिरियामा नबसेपछि सुनिराले अन्तिम संस्कार गरेकी हुन् । अंशबन्डालाई लिएर छुट्टिसकेका दाजुले ४ वर्ष अगाडि आमाको मृत्यु हुँदा पनि दुई दिनमात्र किरियामा बसेर निस्किएको सुनिराले बताईन्। आमाको मृत्यु हुँदा सुनिरा र दाजु दुबैजना किरियामा बसेका थिए । तर दुईदिनपछी दाजुले किरिया छाडेपछि आफू एक्लैले सबै काजकिरिया गरेको उनले बताईन् ।

बुवालाई दागबत्ती दिनाका साथै किरिया बस्न पाउँदा छोरीको भूमिका निर्वाह गरे जस्तो लागेको बताउँदै सुनिराले भनिन्, ” नेपाली समाज र यसले अङ्गीकार गरेको सनातन वैदिक संस्कारसमेत विभेदकारी छन् । जन्मदेखि मृत्युपर्यन्तका थुप्रै कार्यमा पुरुषलाई नै केन्द्रमा राखिएको छ र महिलाको भूमिकालाई गौण बनाइएको छ । मृत्युपछिको क्रियाकर्म संस्कारमा समेत महिला विभेदको शिकार हुने गरेका छन् । सुनिराले महिला र पुरुषबीचको भेदभाव हटाउन राज्यतहबाटै यस्ता सस्कारलाई फेर्न अभियान चलाउनुपर्ने बताइन् ।

“समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो,” युवानेता ओसिम आलमले भने, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।”

सुनिराका बुवा १० वर्षदेखि प्यारालाईसिसको बिरामी थिए। आमाको पनि ४ वर्षअघि निधन भएको थियो। सुनिराका एकजना दाजु र एकजना दिदि छन्। अंशबन्डा लिएर दाजु छुट्टिएपछि बुवाको सबै उपचार र पालपोषण सुनिरा र उनकी दिदिले गर्दै आइरहेका थिए । थारु भाषाका थुप्रै गित समेत गाएकी सुनिरा चौधरी सामाजिक कार्यमा पनि सक्रिय छिन् ।

Facebook Comments

  • 3.3K
    Shares
Continue Reading

Related Posts

सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

सहयोद्धाले राजविराजमा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै

२२ जेष्ठ २०७७, बिहीबार ११:३५
‘हाम्रो अभियान’को टिमलाई काठमाडौमा सम्मान

‘हाम्रो अभियान’को टिमलाई काठमाडौमा सम्मान

२२ जेष्ठ २०७७, बिहीबार ११:३५

उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

सन् २०२२ को डिभी खुल्यो, डिभी भर्न के गर्नुपर्छ ? (डिभि सम्बन्धी पुर्ण जानकारी)

राष्ट्रिय बाल दिवस , डिजिटलाइज् जमाना र बालबालिका

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्ण भगवानको पूजा आरधना गरेर मनाईंदै

पातमा आकृति बनाउने बिराजको कला

निशुल्क खाना खुवाउने अभियानमा रातदिन खटिरहन्छन् यी चार चेलिहरु

आजबाट श्रीस्वस्थानी व्रत सुरु

भाइटिकाको सुभ साईत ११:५५ बजे

सोसियल मिडिया

भर्करै

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

लाइसेन्सका लागि ट्रायल सेन्टर निजि क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय बिरुद्ध आलमको उजुरी

२२ जेष्ठ २०७७, बिहीबार ११:३५
अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

अनेरास्ववियूद्वारा विराटनगरमा बयलगाडा प्रदर्शन

२२ जेष्ठ २०७७, बिहीबार ११:३५
कोरोना उपचारमा पोषणविदलाई समावेश गराउन अनेरास्ववियू केन्द्रिय प्रविधि क्याम्पसको माग

अनेरास्ववियू मोरङले पुर्णता पायो

२२ जेष्ठ २०७७, बिहीबार ११:३५
हालसम्म २३ हजार ९ सय १४ जनाको पिसिआर परिक्षण

विश्वभर कोरोना बाट एकैदिन १३ हजार बढिको ज्यान गयो

२२ जेष्ठ २०७७, बिहीबार ११:३५
बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

२२ जेष्ठ २०७७, बिहीबार ११:३५
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.