जेठ २६ –
नेपालमा कोरोना भाइरस पछिल्लो दिनहरुमा निरन्तर बढिरहेको छ। दैनिक २ सय भन्दा बढी संक्रमित बढिरहेका छन् भने मृतकको संख्या पनि बढिरहेको छ।
आइतबार देशभर २ सय १३ जना संक्रमित बढेसँगै जम्मा संक्रमितको संख्या ४ हजार ४ सय ४८ पुगेको छ। साथै आइतबार एकैदिन १०२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म उपचार पछि निको हुनेको संख्या ४ सय ६७ पुगेको छ ।
त्यस्तै मृत्यु हुनेको संख्या पनि १४ पुगेको छ। सोमबार बिहान पोखरामा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ पुगेको हो ।