• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

त्यो मास्क भित्रको पुरुष

by पहिलो नेपाल
२६ जेष्ठ २०७७, सोमबार १५:०४
त्यो मास्क भित्रको पुरुष

सुजाता लिम्बू


📝 सुजाता लिम्बू  –
साउन महिना । स्वभावैले पनि वर्षातको समय, प्रकृती नै रुझेको जस्तो भान हुन्थ्यो । हिलाम्मे बाटो, त्यहि भएर पनि धेरै जसो मेरो दैनिकी घरैमा पुस्तक पढ्दै तीन वर्षकी भदैनीसँग खेल्दै वित्थ्यो । तर
कहिलेकाहीँ समय मिलाएर मेरो बुहारीसँग अस्पताल जाने गर्थिए । त्यो बेला मेरी बुहारी खाँदबारी जिल्ला अस्पतालमा कार्यरत थिईन । हुन त मेरा लागि स्वास्थ्य क्षेत्र रुचीको विषय नभए पनि समय व्यतित गर्न म अस्पताल कहिलेकाँही पुग्ने गर्थिए । जब अस्पताल भित्र प्रवेश गर्थिए, त्यहाँको दृष्यले यतिकै भावुक बनाउथियो । कोही पिडाले छट्पटीमा परेका हुन्थे त, कोही औषधीले लटिएर कति दिन निन्द्रा नपुगेर अस्पतालको शैयामा निर्धक्क निदाएका हुन्थे ।
सबै दृश्य हेर्दा कुनै रङ्गमन्चमा नाटक हेरेको अनुभुती हुन्थ्यो । तर त्यो सम्पुर्ण घटना दुई घण्टाको नाटक थिएन, यथार्थ जीवन भोगाई थियो । अस्पतालमा आएका सबै बिरामी उस्तै पिडाले आएका थिएन होलान् , त्यसमा दुखाई रोग फरक थिए होलान् ।

मेरी बुहारी इमर्जेन्सी वार्डमा खटिएकी थिईन । उनी आफ्नो जिम्मेवारी निभाईरहेकी थिईन् । बिरामी आउने जाने क्रम चलिनै रहेको थियो । मलाई भने फेसबुकले भुलाई रहेको थियो । उहीखेर एक जना महिला आक्रोशित भएर खबर गरे । पल्लो वार्डबाट आएको त्यो आवाज पछ्याएका स्टाफसँगै म पनि पछी लागेँ । त्यहाँ आधा उमेर पुगेका आमा कराइरहेकी थिइन् । बेडमा लगभग मेरै उमेरकी महिला सुतिरहेकी छिन् । उनी माथि थोपा सिँचाई जसरी स्लाईन चढी रहेको थियोे । बिहान देखि उस्को बुढाले मेरो जिम्मा लगाएर हिडेको आउँदैन । म बुढि कहाँ कुद्नु रु मेरो आफ्नो मान्छे पनि होइन । बिरामी कुरुवा आमा थोपा सिचाई भन्दा गतिमा बर्बराइन् । सायद उनले यति कुरा तीन थोपा स्लाइन झरि नसक्दै सकी ।
डाक्टरले बिरामीसँग सोधे,
श्रीमान् कहाँ हुनुहुन्छ रु
बाहिर जानुभाछ ।
के काम गर्नुहुन्छ रु
ट्याक्टर ड्राइभर ।
फोन नम्बर छ रु
बोलाउनुस् श्रीमान्लाई ।
बिरामी मधुरो स्वरले डाक्टरको सिधा जवाफ दिइरहेकी छिन् ।
नयाँ नम्बर छ, मलाई थाहा छैन ।
आफ्नो बुढाको पनि फोन नम्बर थाहा हुन्न रु
अलिकति रिसाए जस्तो बुझेँ डाक्टरलाई मैंले ।
म संवाद सुनिरहेकै थिएँ । कुरुवा आमाले बिरामीको डिस्चार्ज माग्दै थिइन् । तर डाक्टरले रगत जाँच नगराई घर नपठाउने भने । आमाले बोली बिसाइन् ।

बिरामीको कोठाबाट मेरी बुहारी र स्टाफ निस्के पछि म पुनः भित्र छिरेँ । तर बिरामीले मलाई देख्ने बित्तिकै सलले अनुहार ढाकिन् । उनी जस्तै अपरिचित म पनि । तर किन म देखि लुक्न खोजिन् उनी, मैंले पनि सोधिन । सायद मैंले सोधेको भए जवाफ पनि पाउने थिइन होला ।
यो बेला बिरामी कुरेकी आमाको छट्पटी बिरामीको भन्दा धेरै थियो । मैंले जानेको चाहीँ । म भित्र एक तमाशाले प्रश्नको ओहिरो लागिरहेको थियो । यस्तो अवस्थामा जतिसुकै व्यस्तता रहेपनि आफ्नी जीवन संगिनी बिरामी पर्दा याद आएन क्यार । ढुंगा जस्तै पुरुष ।
बिरामीको छट्पटी अनि कुरुवा आमाको छट्पटीले मलाई कल्पना मै भएपनि पिरोली रहेको थियो । उ आफ्नो थिएन तर पनि पिडा चाहीँ मनबाटै आधा गरिदिएँ मलाई पनि । बिरामीलाई आधा पिडा छोडेर आधा मतिरै लिएर एमर्जेन्सी क्याभिनमा फर्किएँ । ओजेटिमा आएकी बहिनीलाई सोधेँ, त्यो बिरामीको त बुढा पनि आएको रहेनछ है रु उनले मोबाईलमा नै घोप्टिएर फेसबुकमै ध्यान दिदैँ उस्को बुढा विदेशमा छ । मसँग च्याटमा कुरा हुँदैछ भनिन् । म छक्क परेँ । बिरामी भर्ना गरेर कहाँ गयो गयो भन्दै कुरुवा आमाले बर्बराएको सम्झेँ ।

म फेरि बिरामी भएतिर लागेँ । उनको श्रीमान् भनिएको मान्छे त्यतिन्जेल आइपुगेको थियो । म अर्को पटक छक्क परेँ । मैंले के भन्न वार्डमा आएँ त्यो पनि बिर्सिएँ ।
मैंले माक्स भित्र लुकेको पुरुषलाई नियाल्न थालेँ । डाक्टरले माक्स खोलेर कुरा गर्न अनुरोध गर्दा पनि खोलेनन् । बिरामीलाई एपेन्टी भएर रेफर गरियो । मलाई देखेर सल ओढेकी महिलाले सल खोले तर माक्स खोलिएन । सल खोलेका लाई पनि मैंले नियालिनँ । घोपा जाने तयारीका उनीहरु श्रीमतीको नजिक नपर्दै घोपा लागे ।
म पनि जीवन जोडिएको मान्छे । जोडिएको के भन्ने होला खै कालान्तरमा छुट्टिए पछी । श्रीमान् श्रीमतीको सम्बन्धमा प्रेम, सद्भाव, इज्जत र ममताको हिसाबकिताब कति हुन्छ भन्ने जोड घटाउ गरिसकेकी छु ।
जतिसुकै रिष, आवेश भएपनि मनमा अलिकति प्रेम चाहीँ हुन्छ । तर माक्स भित्र लुकेका उनको मन भित्र पनि माक्स लगाइएछ क्यार । माक्सवाला उनको श्रीमान् थिएनन् । श्रीमान् चाहीँ परदेशको चर्को घाममा श्रीमती छोराछोरीको भविष्यका लागि जवान बेच्दै थिए ।

मैँले आफ्नै बुहारीलाई पनि यी सत्य कुरा भन्न सकिँन । जस्ले बिरामीलाई चेकजाँच गरिरहे । कहिलेकाहीँ भलाई हुन्छ भने सत्य कुरा पनि लुकाउनु पर्छ । मैंले सबै लुकाएँ ।
उनको छट्पटीमा पसिनाको खेती गरिरहेका श्रीमान्लाई याद गरेकी गरिनन् । सायद उनको अनुहारमा अलिकति पश्चताप, थोरै प्रेमको महसुस पनि गरिएन । तर श्रीमान्को प्रतीक्षा भने पक्कै थियो ।
श्रीमान् श्रीमती कोषौं टाढा हुँदा पनि सन्चो विसन्चो थाहा हुन्छ, हाम्रो फेसबुके जमानामा । तर जब सम्बन्धमा झुठ बोल्न बाध्यता आईपर्छ त्यहा प्रेम जिउँदै मर्छ ।

भनिन्छ नि, एउटी खराब श्रीमतीले असल श्रीमानलाई खराब बाटो तर्फ लैजान्छ । एउटी असल श्रीमतीले खराब श्रीमानलाई असल बाटो तर्फ लैजान प्रेरणा दिन्छ । हरेक घरको जिम्मेवारीको ताल्चा एउटी नारीको जिम्मामा हुन्छ । घरको सारा जिम्मेवारी छोडेर सुन्दर भविष्य निर्माणका लागि परदेशिएका पुरुषले आफ्नो जीवन संगिनीबाट धोका बेहोर्नु पर्छ भने भोली प्रत्येक परदेशिएका पुरुषको नजरमा नारी जातीको अर्थ नै गलत हुनसक्छ । हुन त सबै गृहिणी यो अवस्था सम्मको नहुन सक्छन् तर एक जना बिराउने साखा पिराउने भन्ने सबैलाई लाग्छ होला ।

Facebook Comments

Related Posts

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

२६ जेष्ठ २०७७, सोमबार १५:०४
अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने ह्वाट्सएपमा

अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने ह्वाट्सएपमा

२६ जेष्ठ २०७७, सोमबार १५:०४

अन्तिम कविता लक्ष्मीप्रसाद देवकोटाको : मृत्यु शैयाबाट

श्रीकृष्ण भगवान्ले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने

परिवर्तनका हातहरुले गरेको देशव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक

चित्रकलामा निखारिदै इलामका राजन

२४ घण्टामा थपिए ३ हजार ७४९ संक्रमित , १९ जनाको मृत्यु

कथा, एउटा अधुरो प्रेमको

कविता – आत्माबोध

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ जेष्ठ २०७७, सोमबार १५:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ जेष्ठ २०७७, सोमबार १५:०४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ जेष्ठ २०७७, सोमबार १५:०४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ जेष्ठ २०७७, सोमबार १५:०४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ जेष्ठ २०७७, सोमबार १५:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.