जेठ २६, काठमाडौ –
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ४ सय ८८ रहेको छ । पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको संख्या २१ रहेको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५६ हजार ९९१ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९७१ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार २६० जना रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।