जेठ २७ –
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या पहिलेको तुलनामा केही कम हुँदै गएपनि सँक्रमितको सँख्या कम भैको छैन् । विश्वभर कोरोना सँ्रमितको सँख्या ७२ लाखको हाराहारीमा पसगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार सँक्रमित थपिएपछी विश्वभर ७१ लाख ९३ हजार नाघेको छ ।
त्यस्तै, कोरोना भाइरसबाट ज्यान गुुमाउनेको सँख्या ४ लाख ८ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वभर ३ हजार १ सय ५७ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै अमेरिकामा मात्रै हालसम्म १ लाख १३ हजार ५५ जनाले ज्यान गुमाइसकेका छन् ।
साथै निको हुनेको सँख्या ३५ लाख ३५ हजार नाघेको छ । ५३ हजार ७ सय ९८ जना गम्भिर अबस्थाका बिरामी छन् भने ३१ लाख ९५ हजार सामान्य अबस्थाका बिराम्ी रहेका छन् ।