असार २, विराटनगर –
मोरङ प्रहरी प्रमुख विश्व अधिकारीको सरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यलय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्साल , काठमाडौमा सरुवा भएको छ ।
मोरङको प्रहरी प्रमुख रहँदा अधिकारीले उत्कृष्ट काम गर्दै मोरङका जनताको मनमा बस्न सफल भएका थिए। उनले मोरङमा अपराध नियन्त्रण तथा सुरक्षाका कुरामा उल्लेखनीय काम गरेका छन्। पछिल्लो समय विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन एसपी अधिकारीले मोरङमा ‘प्रहरीको साथी म’ नामक अभियान सुरु गरेका थिए । यसका साथै ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘टोलटोलमा प्रहरी’ लगायतका अभियान जारी छन्।आफ्नो एकवर्षे कार्यकालमा मोरङ प्रहरीको प्रमुख रहँदा विश्व अधिकारी जनतामझ लोकप्रिय रहे।
अपराध नियन्त्रण तथा अनुसन्धानका कार्यमा अब्बल मानिने एसपी अधिकारीले मोरङ प्रहरी प्रमुखको रुपमा रहेर धेरै राम्रा र प्रशंसनिय कार्यहरु गरेका छन् ।अधिकारी नेतृत्व क्षमतामा सशक्त मानिन्छन् । एसपी अधिकारीकै नेतृत्वमा मोरङ जिल्लामा ५८ वटा सिसिटिभी पनि जडान भएका छन्। शान्ति सुरक्षा तथक अपराध अनुसन्धान लगायत जिम्मेवारी वहनका हिसावले एसपी अधिकारी सफल रहँदै मोरङबाट बिदा भएका छन्।
यसका साथै मोरङमा नयाँ प्रहरी प्रमुखको रुपमा संतोष खड्का आएका छन् । यसअघि प्रहरी प्रधान कार्यलय विषेश ब्युरो नक्सालमा रहेका एसपी संतोष खड्काले अब मोरङ प्रहरी प्रुमुख भएर काम गर्नेछन्।
योसँगै प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ। नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो। हेर्नुस् सुची :