असार २, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ८० जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । जससध्ये ६ हजार ९२ पुरुष र चार सय ९९ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा एक सय ९ पुरुष र ८ महिला रहेका छन् । हालसम्म कोरोनाका कारण १९ ज्यान गुमाएका छन ।