असार ४ –
नेकपा स्थायी कमिटी वैठक असार १० गतेका लागी बोलाईएको छ । लामो समयदेखी सर्दै आएको वैठक अन्तत १० गते बस्ने भएको हो ।
नेकपाभित्र एमसिसीलाई लिएर चर्काे बिवाद भएपछी छलफलका लागी स्थायी कमिटी वैठक बोलाइएकोे हो । एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो । स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेको कार्यदलमा ज्ञवालीले भने १० बुँदे फरक मत राखेका थिए ।
बुधवार प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको छलफलले स्थायी कमिटी वैठकको मिती तोकेको हो ।
यसघि वैशाख २५ र ३१ गते बस्ने तय भएको वैठक अन्तिम समयमा आएर स्थगीत भएको थियो ।