असार ४, काठमाडौ –
नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। बिहीवार थप ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ।
यो एकैदिन भेटिएको हालसम्मकै धेरै संक्रमितको संख्या हो। यसअघि बुधवार सबैभन्दा बढी ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो समय संक्रमितको संख्या बढदो क्रममा रहेको छ।
यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।
Facebook Comments