असार ६ ,काठमाडौ –
शनिवार नेपालमा थप ३३१ नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टाम ४९ जना महिला र २ सय ८२ जना पुरूष गरी ३ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङका अनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८६०५ पुगेको जानकारी दिएका छन् ।
त्यस्तै शनिबार थप १७६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जानकारी दिएको हो ।