असार ७, काठमाडौ –
नेपालमा बितेको २४ घण्टामा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङका अनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९०२६ पुगेको जानकारी दिएका छन् ।
यस्तै बितेको २४ घण्टामा १९४ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए । निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।
विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीकाे पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।