असार ९, काठमाडौ –
अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’स्वरुप नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपाली काठमाडौं फर्किन लागेका छन् ।
स्थानीय समयअनुसार १ बजे नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट काठमाडौंतर्फ उड्नेछ ।
स्रोतका अनुसार सो जहाजमा आउनेमा लकडाउनका कारण अलपत्र परेका नेपाली विद्यार्थीका अभिभावक छन् । ती सबै अभिभावक चार महिनादेखि अष्ट्रेलियामै रहन बाध्य भएका हुन् ।
अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा हुनेछ । मेलबर्नमा रहेका नेपाली ल्याइँने बताइएको छ ।
Facebook Comments