असार १०, काठमाडौ –
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलवार थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमित १० हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको जनाएका छन् ।
त्यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मंगलबार दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।