असार १४, विराटनगर –
सामाजिक संस्था संकल्प नेपालले गरेको ३ दिने कोरोना भाइरस जनचेतना कार्यक्रम सप्पन्न भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसलाई मध्यनजर गर्दै संकल्प नेपालले ३ दिने जनचेतना कार्यक्रम चलाएको थियो।
विराटनगरका विभिन्न ठाउँमा गरेको ३ दिने कार्यक्रममा कोरोना सम्बन्धि जनचेतना फैलौनुका साथै सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । शुक्रवार बाट गरिएको ३ दिने कार्यक्रम विराटनगर वडा नम्बर १३, १२ र ८ मा गरिएको हो । शुक्रबार विराटनगर महानगरपालिका १३ स्थित पुर्वाञ्चल बालसेवा आश्रम, शनिबार वडा नम्वर १२ स्थित नहर चौक र आइतबार वडा नम्बर ८ स्थित विराटेश्वर आश्रमना कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका संयोजक निर्मल भण्डारीले जानकारी दिए।
‘ कोरोना भाइरस सम्बन्धि ३ दिने जनचेतना कार्यक्रम ‘ नाम दिईएको कार्यक्रममा स्वास्थ्यकर्मीबाट कोरोना भाइरसबारे जानकारी गराईएको थियो। साथै एन-९५ मास्क, सेनिटाईजर, सर्जिकल मास्क, ग्लब्स लगायतका सुरक्षाका सामाग्री समेत हस्तान्तरण गरिएको थियो । यसका साथै कोरोना भाइरसबारे जानकारीमुलक पर्चापम्प्लेट समेत वितरण गरिएको कार्यक्रम संयोजक निर्मल भण्डारीले जानकारी दिए ।
३ दिने कार्यक्रममा २५० थान एन-९५ मास्क, ५०० थान सर्जिकल मास्क, २०० थान सेनिटाईजर १० बट्टा ग्लब्स वितरण गर्नुका साथै २ जना स्वास्थकर्मीबाट कोरोना भाइरसबारे जानकारी गराईएको पनि संयोजक भण्डारीले बताए ।