असार १६ ,काठमाडौ –
बितेको २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ६४ संक्रमित थपिएको जानकारी दिए। यो सहित संक्रमितकाे संख्या १३ हजार ५ सय ६४ पुगेकाे छ।
त्यस्तै आज ६० जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।डिस्चार्ज हुनेमा ५९ पुरूष र १ महिला छन् । यीसहित कुल निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए अनुसार विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।