असार १६, विराटनगर –
लियो क्लब अफ बिराटनगर ग्लोबल र लायन्स क्लब अफ बिराटनगर ग्लोबलले संयुक्त रुपमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बिराटनगरमा रगतको चरम अभाव भइरहेको अवस्थामा दुई क्लबले संयुक्त रुपमा रगत संकलन गरेका हुन्।
आज करिम फाउन्डेसन, लियो ग्लोबल, लायन्स ग्लोबल र लियो लिबर्टिको आयोजना बिराटनगर-१५ मा ७० पिन्ट रगत संकलन गरिएको छ । रगतको चरम अभाव भएको अवस्थामा आफूहरुले विभिन्न संस्थाहरु सँग सहकार्य गरि केही हदसम्म बिरामिलाई सहज होस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक लियो ग्लोबलका अध्यक्ष मोजाहिद इराकिले जानकारी दिए ।