असार १७, विराटनगर -क
प्रदेश नं १ मा अहिलेसम्म २३ हजार ५७७ जनाको पिसिआर परिक्षण भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
महाशाखा प्रमुख सागर प्रसाइँका अनुसार वैशाखमा पिसिआर विधिबाट दुई हजार ४३९, जेठमा१२ हजार ९२१ र असार १५ सम्ममा आठ हजार २१७ जनाको पिसिआर परिक्षण भएको छ ।
सो अवधिमा ३९२ जना सङ्क्रमित उपचार पछि निको भएर घर फर्किसकेको उनले बताए । अहिले विभिन्न आइसोलेसन कक्ष एवं उपचार केन्द्रमा १७५ जना सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिए ।