असार १७, विराटनगर –
लायन्स क्लब अफ बिराटनगर रानीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिराटनगरमा रगतको चरम अभाव भइरहेको अवस्थामा क्लबले रगत संकलन गरेको हो ।
विराटनगर वडा नम्बर १५ मा गरिएको रक्तदान कार्यक्रममा २५१ पिन्ट रगत संकलन भएको छ। क्लबका चार्टर प्रेसिडेन्ट जितु रजकको अगुवाईमा भएको रक्तदान कार्यक्रममा नेकपाका नेता तथा सांसद शिव कुमार मण्डल , युवा नेता ओसिम आलम ,काङ्ग्रेसका नेता राजेश गुप्ता लगायतको उपस्थिति रहेको थियो। रगतको चरम अभाव भएको अवस्थामा आफूहरुले केही हदसम्म बिरामिलाई सहज होस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक ग्लोबलका चार्टर प्रेसिडेन्ट जितु रजकले जानकारी दिए ।