असार १७ ,काठमाडौ –
बितेको २४ घण्टामा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । कुल संक्रमित मध्ये महिला १ हजार ७ सय ७४ र र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय २२ संक्रमित थपिएको जानकारी दिए। यो सहित संक्रमितकाे संख्या १४ हजार ८६ पुगेकाे छ।
त्यस्तै आज सम्म कुल निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन्।
कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। बुधबार अछामका एक जनाको मृत्यु भएको हो। गत असार १६ गते उनमा कोरोना पुष्टि भएको थियो।