असार १८,काठमाडौ –
बितेको २४ घण्टामा ४ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ७३ संक्रमित थपिएको जानकारी दिए।जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । यो सहित संक्रमितकाे संख्या १४ हजार ५ सय १९ पुगेकाे छ।
त्यस्तै आज सम्म कुल निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन्।
हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किने को संख्या पाँच हजार तीन सय २० पुगेको छ।
कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।