असार १९,काठमाडौ –
बितेको २४ घण्टामा ७ सय ४० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ सय ४० संक्रमित थपिएको जानकारी दिए। यो सहित संक्रमितकाे संख्या १५ हजार २ सय ५९ पुगेकाे छ।
विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्।
हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किने को संख्या ६ हजार १ सय ४३ पुगेको छ।
विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।
कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।