असार २० –
विश्वभर कोरोना भाइरसको सँक्रमण देखिएको ६ महिना नाघेको छ । हालसम्म १ करोड ११ लाखभन्दा बढि सँक्रमित पुग्दा उपचारपछि निकोहुनेको सँख्या ६२ लाख ९२ हजार पुगेको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म निको हुनेको यो सँख्या कुल सँक्रमितको ५६ प्रतिशतभन्दा बढि हो ।
पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि निको भएका छन् । त्यस्तै, २ लाख ८ हजार नयाँ सँक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १३७ जनाको मृत्यु भएको छ ।
Facebook Comments