असार २०,काठमाडौ –
बितेको २४ घण्टामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ३२ संक्रमित थपिएको जानकारी दिए। यो सहित संक्रमितकाे संख्या १५ हजार चार सय ९१ पुगेकाे छ।
अहिलेसम्म छ हजार चार सय १५ जना कोरोना निको भएर घर फर्किसकेको डाक्टर गौतमले जानकारी दिए। विगत २४ घण्टामा ७२ जना कोरोना निको भएका थिए।
देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। कोरोनाबाट नेपालमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।