• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

जथाभावी प्रदर्शन गर्नेमाथी कारबाहीको माग गर्दै नेकपाका युवा विद्यार्थीद्वारा पार्टी कार्यलयमा धर्ना

by पहिलो नेपाल
२० असार २०७७, शनिबार १८:५८
जथाभावी प्रदर्शन गर्नेमाथी कारबाहीको माग गर्दै नेकपाका युवा विद्यार्थीद्वारा पार्टी कार्यलयमा धर्ना

असार २०, विराटनगर –
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिको पक्षमा प्रदर्शन गर्ने नेकपाका कार्यकर्तालाई कारबाहीको माग गर्दै मोरङका नेकपा निकट युवा विद्यार्थीले धर्ना दिएका छन् । विराटनगर स्थित पाञ्चालीमा रहेको पार्टी कार्यलयमा शनिबार अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले धर्ना दिएका हुन् ।

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताविरुद्ध शुक्रबार विराटनगरमा प्रदर्शन गरेका थिए । धर्ना दिनुभन्दा अगाडि युवा विद्यार्थीहरुले मोरङका पार्टी अध्यक्ष ऋशिकेष पोख्रेल तथा सचीव गणेश उप्रेतीलाई
सो प्रर्दशनमा सहभागीता जनाएका नेकपाका सदस्यहरुलाई कारबाहीको माग गरेका थिए ।

शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता मधव नेपाल लगायतका नेतालाई गाली गलौज गरिएको भन्दै दाहाल र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिएका छन् ।

पार्टी नेताहरुलाई दबाब दिन अनेरास्ववियूका नेता ओसिम आलम तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य इश्वरी आचार्यको नेतृत्वमा ४ दर्जन बढी युवाहरु पार्टी कार्यालय पुगेका थिए । विद्यार्थी नेता आलम र युवा संघका नेता इश्वरी आचार्यले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजीनामा माग्दै सडकमा आउने बताए । उनले सडकमा शीर्ष नेताहरुको बद्नाम गर्नेगरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्ने बताए ।

सो अवसरमा मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले पार्टीको सदस्य भएको व्यक्ति स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताए । यदि नेकपाको कुनैपनी कमीटिमा रहेको व्यक्तिले त्यसरी स्वतन्त्रताको नाममा आफ्नै पार्टीका कुनै नेतारुलाई गालिगौज तथा कुनै नेताको समर्थनमा प्रदर्शन गरेको भए त्यसलाई कारबाही गरिने बताए । यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाए ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२० असार २०७७, शनिबार १८:५८
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

२० असार २०७७, शनिबार १८:५८

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० असार २०७७, शनिबार १८:५८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० असार २०७७, शनिबार १८:५८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० असार २०७७, शनिबार १८:५८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० असार २०७७, शनिबार १८:५८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० असार २०७७, शनिबार १८:५८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.