असार २१, काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको अन्तिम प्रयास गर्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेता बालुवाटार पुगेका छन्।
आइतबार बिहान राष्ट्रपतिलाई भेट्न पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतलनिवासबाट सिधै बालुवाटार पुगेका हुन्।
अध्यक्ष प्रचण्डसहितका तीन नेताहरु अहिले प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगिसकेका छन् ।
Facebook Comments