असार २२, विराटनगर –
उदयपुर घर भएका एक राई परिवारको विराटनगर स्थित नोबेल अस्पतालमा बिचल्ली भएको छ । ३ महिनाअघि उपचारका लागि नोबेल अस्पताल आएका राई परिवारको उपचारका लागि पैसा नहुँदा अहिले बिचल्लीमा परेका छन्।
उदयपुर रौतामाई वडा नम्बर ५ निवासी ५० वर्षिय बाल सरि राईको उपचारका लागि उनका श्रीमान र छोरीले ३ महिना अघि नोबेल अस्पताल लिएर आएका थिए। टाउकोमा समस्या भएकि श्रीमतीको उपचार गराउँदा गराउँदै अलिअली भएको पैसा पनि सकिएपछि श्रीमान दिल बहादुर राई पनि भौतारिन थाले। श्रीमतीको दुईपटक टाउकाको सल्यक्रिया गरिसके पनि अवस्था ठिक नहुनु, उता अस्पतालको शुल्क तथा औसधिको खर्च र खाना खर्च नहुँदा दिल बहादुर राईको पनि अवस्था बिग्रँदै गयो। अहिले श्रीमान दिल बहादुर राईको मानसिक अवस्था नै गुमेको छ। मानसिक अवस्था गुमेपछी लडेर उनको आँखा र टाउकोमा गहिरो चोट लागेपछि अहिले उनको पनि उपचार भैरहेको छ।

राई परिवारमा एकजना विवाहित छोरी साबित्रा मात्र छिन्। उनिपनि ३ महिनाअघि आमाको उपचार गराउन सँगै आएकी थिईन्। आमा बिरामी भएर उपचारका लागि आएकी उनी अहिले बुवा पनि बिरामी भएपछि समस्यामा परेकी छन् । एकजना छोरा र एकजना छोरी पनि उनिसँगै अस्पतालमा छन्। उनका श्रीमान नेपाल प्रहरी हुन्। सुरुमा सबित्राका श्रीमान पनि केही समय अस्पताल आएर सहयोग गरेपनी अहिले श्रीमानले वास्ता गर्न छाडेको उनले बताईन्। सबित्राको मावलीसँग पनि राम्रो सम्बन्ध नभएको कारणले राई परिवारलाई सहयोग गर्ने कोहि छैनन् ।
आमाको उपचार गराउन बुवालाई साथ लिएर आएकी साबित्र अहिले आमा र बुवा दुबैको उपचार गराईरहेकी छन् । साबित्र कहिले दुई तला माथी बुवालाई हेर्न जान्छिन, कहिले दुई तला तल रहेकि आमालाई हेर्न आउँछिन , कहिले छोराछोरीलाई हेर्न कुद्छिन त कहिले औसधि र खानाको लागि कुद्छिन। उनिसँग पैसा पनि छैन अहिलेसम्म बाँकीमा नै काम चलाईरहेकी छन्। आमालाई अस्पतालले डिस्चार्ज गर्न भनेपनी उनिसँग अस्पताललाई तिर्ने पैसा नभएर डिस्चार्ज गर्न सकेकी छैनन्।
उनले सबैसँग सहयोगको अपिल गरेकी छन्। सहयोगका लागि आफ्नो मोबाईल नम्बर ९८१४७९८४३६ र ९८४७२५१४८६ मा फोन गर्न सक्ने साबित्रा राईले बताएकी छन्।