असार २२ –
नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा जमैका तलावाजले अनुबन्ध गरेको छ । सन्दीपले आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका थिए ।
सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् । सन्दीप पहिलाे संस्करणमा ५ हजार तथा दाेस्राे संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्राे संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । याे सन्दीपकाे अहिलेसम्मकै सर्वाधिक ठुलाे अनुबन्ध पनि हाे ।