असार २५, काठमाडौं –
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको हो।