असार २६ –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय झन तिव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्र विश्वभर २ लाख २२ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
शुक्रवार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजारभन्दा बढी पुगेको छ। पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ६१ हजार नयाँ संक्रमित थपिए। त्यस्तै ब्राजिलमा ४२ हजार, भारतमा २५ हजार दक्षिण अफ्रिकामा १३ हजार, मेक्सिकोमा ६ हजार, रुसमा ६ हजार नयाँ संक्रमित थलिएका छन् ।
यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ५ हजार ४०४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ५७ हजार ३३७ पुगेको छ ।
विश्वभर ७१ लाख ८७ हजार कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।