असार २८, काठमाडौ –
पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संक्रमितको संख्या ८ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।
आइतबार विभिन्न २५ प्रयोगशालबाट ३ हजार ९ सय १६ जनाको पिसिआर टेस्ट भएको छ।
हालसम्म २३ हजार ७ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार १ सय ७४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।