साउन २, काठमाडौ –
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । अब आइतबार दिउँसो ३ बजेको लागि बैठक बोलाईएको छ ।
शुक्रबार बिहान ११ बजे बोलाएर दिउँसो ३ बजेसम्म स्थगित भनिएको बैठक फेरि आइतबारसम्मको लागि स्थगित भएको हो ।
पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने तय भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।