साउन २, काठमाडौ –
नेपालमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यो ६६ दशमलब १२ प्रतिशत हो ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेनाबाट थप एकजनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।