साउन ३, काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएपछि सचिवालय बैठक सुरु भएको हो।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलि सहित ९ जना उपस्थित छन् । शुक्रबार बोलाईएको स्थायी कमिटी बैठक स्थगित गरेर आज सचिवालय बैठक डाकिएको थियो ।
गत असार १० देखि जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएकोमा शुक्रबार बोलाईएको स्थायी कमीटि बैठक स्थगित गरेर सचिवालय बैठक बोलाईएको हो । नेकपाको विवाद उत्कर्ष पुगेपछि समाधानको लागि पटकपटक प्रयास गरिँदै आएको छ । आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।