साउन ३, काठमाडौ –
नेकपाको सचिवालय बैठक सकिएको छ । साढे ४ घन्टा लामो चलेको सचिवालय बैठकले सहमतिका आधारमा समस्या समाधान गर्ने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
यसैबीच सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।